free website hit counter

महासंघको साधारणसभा सुरु, यस्तो छ निर्वाचन तालिका

beemaadmin
२०७७ मंसिर ११, बिहीबार

काठमाडौ । कोरोना कहरका कारण तोकिएको मिति भन्दा ८ महिना ढिला सुरु हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सहितको ५४ औ वार्षिक साधारण सभा आजबाट सुरु हुँदैछ। महासंघले चुनावसहितको साधारणसभा गत वर्ष चैतको २८ र २९ गतेलाई तोकेको थियो। कोरोनाका कारण सरकारले लकडाउन गरेपछि सो निर्वाचन सहितको साधारणसभा सरेर आज आइपुगेको हो।

विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट साधारण सभाको उद्घाटन गर्नेछन्। महासंघले सार्वजनिक गरेको सधारण सभा सम्बन्धी कार्यक्रमह अनुसार आज प्रधानमन्त्रीले साधारण सभाको उद्घाटन जुम प्रविधिबाट बालुवाटारमा नै बसेर गर्नेछन्। त्यस्तै भोलि अर्थात् शुक्रबार बिहान १० बजे साधारणसभाको बन्द सत्रको कार्यक्रम पनि जुमबाट नै हुनेछ। त्यस्तै मंसीर १३ गते शनिवार बिहानबाट ८ बजेबाट नै निर्वाचन सुरु हुनेछ। महासंघले निर्वाचनको लागि तीन ठाउँमा मतदान गर्ने गरी तयार पारेको छ।

Advertisement
Advertisement

उद्योग बाणिज्य समूहको निर्वाचन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ भने कार्की व्याङकेट माइतीघरमा एशोसिएट सदस्य समूह र नेपाल उद्योग वाणिज्य महासंघको सचिवालय, टेकुमा बस्तुगत संघ समूहको छुट्टा छुट्टै रुपमा निर्वाचनको लागि मतदान हुने महासंघले जनाएको छ। त्यस्तै कोरोना पोजेटिभ भएको मतदाताहरुको लागि पनि मतदानको व्यवस्था गरेको महासंघले जनाएको छ। महासंघका अनुसार कोरोना पोजेटिभ रहेका मतदाताहरुले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था गरिएको छ।

Advertisement
Advertisement

निर्वाचन समितिले पाँच किसिमका मतपत्र निर्वाचनको लागि प्रयोगमा ल्याउने जानकारी दिएको छ। नेपालभर महासंघमा मतदान गर्ने जम्मा ११५७ मतदाता रहेका छन्। एसोसिएट तर्फबाट ९२३ मतदाता छन् भने बस्तुगत तर्फ १०३, जिल्ला नगरबाट १०७, द्विराष्ट्रियबाट १२ र संस्थागत तर्फ १२ मतदाता रहेका छन्। निर्वाचनमा विभिन्न पदकालागि १२७ जनाले उम्मेदवारी दिएका थिए। जसमा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने दुई जना निर्विरोध निर्वाचित भइसकेका छन्। अव एक सय २१ जनाले निर्वाचनमा प्रतिस्पर्धा गर्ने महासंघले जनाएको छ।

सम्बन्धित समाचार