free website hit counter

महिन्द्रा एक्सयूभी ३०० सबैभन्दा सुरक्षित

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । महिन्द्रा एक्सयूभी ३००ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ । महिन्द्रा एक्सयूभी ३०० ले यहि जनवरी महिनामा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो, जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो ।

अब महिन्द्रा एक्सयूभी ३०० ले ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म सञ्चालित भारतका सुरक्षित कार अभियान ह्यास सफर कार फर इन्डियाअन्तर्गत परीक्षण गरिएका कुनै पनि कारहरू मध्ये सवारी साधनमा रहनेहरू सबैका लागि एकीकृत रुपमा पाएको सर्वाधिक सुरक्षा रेटिङ हो । ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पष्पर्धा सुरु गरेको थियो ।

Advertisement
Advertisement

एक्ययूभी ३००को मूल्य पेट्रोल डब्लूफोर मोडलका लागि रु। ३९,७५,००० र डिलेज डब्लूफोर मोडलका लागि रु। ४१,२५,००० तोकिएको छ भने यो नेपालभरका सबै अग्नि इन्कर्पोरेटेडका डिलरहरूमा उपलब्ध छ ।

Advertisement
Advertisement

सम्बन्धित समाचार