free website hit counter

माछापुच्छ्रे र सानिमा बैंकको लाभांश घोषणा

beemaadmin
२०७८ आश्विन ७, बिहीबार

काठमाडौं । माछापुच्छ्रे बैंक र सानिमा बैंकले लाभांश घोषणा गरेका छन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । माछापुच्छ्रे बैंक असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलार्इ बोनस दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
यसैगरी, सानिमा बैंकले पनि लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार