free website hit counter

मिड सोलुको आइपीओ साउन १४ बाट आउने

beemaadmin
२०८० श्रावण ५, शुक्रबार

काठमाण्डौ । मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको सेयर बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका ७ लाख ४८ हजार ४०० कित्ता सेयर स्थानीयका लागि जारी गर्नेछ।
कम्पनील्े स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई जारी गर्नेछ। बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिनेछ। यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने कुल ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ७४ हजार ८४० कित्ता सेयरमा भने विदेशमा रहेका श्रमिकले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा स्थानीय र विदेशमा रहेका श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयले सोलुखुम्बुको सल्लेरीमा रहेको एनआईसी एसिया बैंक, सोलुदूधकुण्डमा रहेको लक्ष्मी सनराइज बैंक, लुक्लामा रहेको राष्ट्रिय वाणिज्य बैंक, सल्लेहरीमा रहेको राष्ट्रिय वाणिज्य बैंक र नाम्चेबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी हुने आईपीओको निष्कासन बन्दी छिटोमा साउन २८ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयपछि हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २८ गतेसम्म आवेदन दिन पाउनेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार