free website hit counter

मुक्तिनाथ विकास बैंककाे प्रस्तावित लाभांश पारित

beemaadmin
२०७८ मंसिर २६, आईतवार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको पन्ध्रौं साधारणसभाबाट शेयरधनीलाई प्रस्ताव गरिएको १८.५० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ । मंसिर २५ गते पोखरामा बसेको बैंकको साधारणसभाले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीहरूलाई १७.५७ प्रतिशत बोनस शेयर र बाँकी नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । सञ्चालक समिति अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको बैंकले जानकारी दिएको छ । सभामा बैंक सञ्चालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठ र कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष ढकालले सञ्चालक समितिको तर्फबाट आव २०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) लगायत सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभइ घरबाटै उपयोग गर्न सकिने व्यवस्था मिलाएको पनि जानकारी दिएको छ ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार