free website hit counter

मृतकका परिवारलाई एशियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७७ श्रावण १४, बुधबार

सुनसरी । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितको मृत्युपछि निजको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । सुनसरी जिल्लाको ईटहरी–१०,सुनसरीका बिमीत मन्जुदेवि राईको भारतको तिर्थयात्राको क्रममा सलेम बेंगलरु नेशनल हाईवेमा मिति २०७६ चैत ८ गते दुर्घटनामा परि उपचारको क्रममा चैत १६ गते मृत्यु भएकोले निजको छोरा संजय कुमार राईलाई बीमाङ्क रकमको डब्बल र बोनस सहित एकमुष्ट चेक हस्तान्तरण गरेको छ ।

 

निजको परिवारलाई कम्पनीले २ लाख ४४ हजार ९ सय रुपैयाँ दिएको जनाएको छ । उक्त रकम बिराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारीले हस्तान्तरण गरेका हुन् । निज मृतकका आमाले ९ वर्ष अगाडि १ लाखको बीमा गराएका थिए । उक्त कार्याक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा अभिकर्ताहरुको उपस्थिथि रहेको थियो ।

सम्बन्धित समाचार