काठमाडौं । मेगा बैंकका ग्राहकले ल्याटीन एबिएस सिर्भिसमा विभिन्न सेवामा छुट पाउने भएका छन् । कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने भएको हो ।
पछिल्लो समय नेपालमा दुई पांग्रे सवारी साधन निकै लोकप्रिय बन्दै गएको छ । प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो । काठमाडौंको कपन स्थित तेन्जिङचोकमा रहेको यस सर्भिस सेन्टरले मेघा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो ।
कम्पनीले मेघा बैंकमा खाता नभएका दुई पांग्रे सवारी साधान चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्ने जनाएको छ ।