free website hit counter

यसरी हो गुर्जोको प्रयोग गर्ने

beemaadmin
२०७७ आश्विन २९, बिहीबार

काठमाडौं । आधुनिक विज्ञान असफल भएको बेला कोरोना कहर विरुद्धको अभियानमा बहुउपयोगी मानिएको छ गुर्जो । विश्वभर फैलिएको कोरोना भाइरसका कारण मानिसको जनजीवन अस्तव्यस्त छ । अझैसम्म खोप विकास हुन नसकेका कारण पनि कोरोना भाइरसले विश्वमा भयावह स्थिति सिर्जना बनेको छ । पछिल्लो समय कोरोना भाइरसको उपचारमा आयुर्वेदिक जडिबुटीको पनि प्रयोग हुन थालेको छ । हाम्रै वरपर पाइने गुर्जोको पनि प्रयोग हुन थालेको छ ।

पछिल्लो समय कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि गुर्जो खाने गरिन्छ । यसले मानिसमा हुने रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गरिन्छ । डाक्टरहरूले गुर्जो यसअघि कोरोना भाइरसको महामारीअघि पनि ज्वरो ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई पनि खान दिइन्थ्यो ।

दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन् । गुर्जो बहुउपयोगी जडिबुटी भएकाले यसले शरीरमा भएका अवगुणलाई बाहिर फाल्ने काम गर्छ । डाक्टरहरूका अनुसार यसको प्रयोगले हामीलाई फाइदा हुन्छ ।

गुर्जोमा पाइने एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस पनि गर्न सक्छन् । गुर्जोले केही समयका लागि चिनीको मात्रा घटाउने गर्छ । चिकित्सकका अनुसार गुर्जोको धुलो पाँच ग्राम उमालेर एक चौथाइ भएपछि दिनमा एकपटक खान सकिन्छ ।

यो नेपालमा धुलो वा डाँठका रुपमा उपलब्ध छ । डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिने चिकित्सकहरु बताउँछन् । गुर्जो खाना खानुभन्दा अघि त्यसले फाइदा गर्ने उनीहरूको सुझाव छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार