free website hit counter

यातायात कार्यालयमा छानिए बीमा कम्पनी

beemaadmin
२०७६ माघ १५, बुधबार

काठमाडौं । निर्जिवन बीमा व्यवसायलाई व्यवस्थित बनाउन नेपाल बीमक संघको पहलमा देशभरका यातायात कार्यालयसँगै रहने बीमा कम्पनीहरुको छनोट भएको छ ।
देशैभरिका ३२ वटा यातायात कार्यालयमा रहने बीमा कम्पनीहरुको काउन्टर तोकिएको हो । नेपाल बीमक संघले आफ्नो पहलमा तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्ने निर्णय गरेसँगै देशैभरिका यातायात कार्यालयमा रहने काउन्टर निश्चित गरिएको हो । कुन कम्पनी कहाँ रहने भन्ने विषयमा गोलाप्रथाद्वारा निर्णय गरिएको थियो ।

अवस्थ प्रतिस्पर्धा रोकी निर्जिवन बीमा व्यवसायलाई छिटो छरितो र भरपर्दो बनाउन यो अभियान आवश्यक भएको कुरा नेपाल बीमक संघका महासचिव चंकी क्षेत्रीले बताउनुभयो । यसो गर्दा बिचौलियाको घुसपैठ रोकिनुका साथै व्यवसायको दायरा फराकिलो भई ग्राहकमुखी सेवा प्रवाह हुने विश्वास क्षेत्रीले लिनुभएको छ ।

यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक बिक्रान्त पाण्डेले अस्वस्थ प्रतिस्पर्धा रोकी बीमा व्यवसायलाई विश्वासिलो, छिटोछरितो र सेवामुखी बनाउन यो अभियान आवश्यक भएको बताउनुभयो ।

कुन कम्पनी कहाँ ?

सम्बन्धित समाचार