free website hit counter

युट्युब हेरेर आफैं कोरोनाको उपचार नगरौं

beemaadmin
२०७७ कार्तिक १६, आईतवार

कोरोना महामारी तीब्र गतिमा फैलिएसँगै भ्रम र हल्ला पनि बढिरहेका छन्। महामारीमा मान्छेको मन कमजोर हुन्छ, त्यही मनोविज्ञानमाथि ब्यापार गर्नेको संख्या दिनानुदिन बढिरहेको छ। यसले गर्दा गलत औषधिको प्रयोग बढिरहेको छ।

बिशेषज्ञ चिकित्सकको सल्लाहबिना बजारमा आएका एन्टिभाइरल औषधि, मलेरियाको औषधि, जुका तथा अमिबाको लागि प्रयोग गर्ने औषधि तथा ब्लडप्रेसर एबम उदासीपनमा प्रयोग हुने लगायतका औषधि आफैले किनेर खानेजस्तो जोखिम काम भइरहेको छ। यी औषधिहरु अस्पताल भर्ना भएको बिरामीलाई सम्बन्धित विज्ञको निगरानीमा मात्र सेवन गर्नुपर्छ। अन्यथा गम्भीर साइड इफेक्ट भोग्नुपर्ने हुन्छ।

Advertisement
Advertisement

रुघाको लागि एन्टीकोल्ड, ज्वरोको लागि पारासिटामोल तथा जीउ दुख्नेको लागि फ्लेक्सन (Ibuprofen+Paracetamol) यी मध्ये ३ वटा वा २ वटा औषधि खाँदा शरीरको तापक्रम न्युँ भएर सिकिस्त हुनेको संख्या पनि धेरै छ। एन्टिकोल्डमा पनि पारासिटामोल ५०० मिग्रा मिसाएको हुन्छ। यी मध्ये एउटा मात्र चिकित्सकको सल्लाहमा आवश्यक भए लिनुपर्छ। आफू खुशी सेवन गर्नु हुँदैन।

Advertisement
Advertisement

त्यस्तै खोकीको प्रकृति अनुसारको मात्र औषधि चिकित्सकसँग परामर्श गरेर खानुपर्छ। कोरोना संक्रमणमा द्वितीय संक्रमण नभएसम्म एन्टिबायोटिक सेवन गर्नु हुँदैन। तर युट्यूब हेरेर वा पसलमा किनेर आफै कडा एन्टिबायोटिक खाँदा त्यसले काम त गर्दैन नै झन् रोगसँग लड्ने क्षमता घट्दछ्र चिकित्सकसँग जाँच गराएर मात्र एन्टिबायोटिक सेवन गर्नेरनगर्ने निर्णय हुन्छ।

इम्युनिटी पावर बढाउने भनेर अनेक कम्पनीका उस्तै भिटामिन सेवन गर्नेको संख्या धेरै छ। यसले पनि हानि गर्छ्र बिभिन्न अध्ययनले देखाएका छन्, सन्तुलित आहार सेवन गर्ने व्यक्तिलाई कुनै सप्लिमेन्ट वा भिटामिनको आबश्यकता हुँदैन।

शरीरमा तत्वको कमि भएमा वा संक्रमण भएमा भिटामिन सी, डी, बि १२ तथा जिंकले फाइदा गर्छ। इम्युनिटी पावर बढाउन हर्बल सप्लिमेन्ट तथा आयुर्बेद औषधि पनि अन्धाधुन्द प्रयोग गर्नु हुँदैन। जुन औषधिमा इफेक्ट हुन्छ, त्यसको साइड इफेक्ट पनि हुन्छ। आयुर्बेद औषधिमा साइड इफेक्ट कम हुन्छ। यी औषधि सेवन गर्दा मान्यताप्राप्त चिकित्सकरआयुर्बेद स्वास्थ्यकर्मीको सुझाबमा मात्र सेवन गर्नुपर्छ।

त्यस्तै औषधि किन्दा औषधि ब्यबस्था बिभागमा दर्ता भएको, उत्पादन मिति र एक्सपायर मिति लेखेको तथा दर्तावाल कम्पनिमा बनेको मात्र सेवन गर्नुपर्छ। यस्ता औषधि सस्तो एबम उपयोगी हुन्छन्। अरुको देखासिकी गरेर दर्तावाल चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी जडिबुटीको सेवन गर्नुहुँदैन।

प्रेसर, सुगर, थाइराइड, कोलेस्ट्रोल तथा अन्य नियमित खाइरहेका औषधि चिकित्सकको सल्लाहबिना फेरबदल गर्नु हुँदैन, छोड्नु हुँदैन। हरेक औषधि सहि तरिकाले चिकित्सकको सल्लाह बमोजिम सेवन गरे अमृतको काम गर्छन भने आफैले किनेर तथा चिकित्सकको सल्लाहबिना सेवन गर्दा बिषको काम गर्न सक्छन्।

सम्बन्धित समाचार