free website hit counter

युनाइटेड अजोडद्वारा साधारणसभा आह्वान

beemaadmin
२०८२ असार ९, सोमबार

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीका सभा असार ३० गते अम्रपाली ब्यांक्वेट, भाटभटेनीमा बिहान साढे १० बजेदेखि बस्नेछ। सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र करसहित ०।५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै, न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । तर बोनस शेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले त्यसलाई १० प्रतिशत (१०० कित्ता बराबर १० कित्ता नयाँ) हकप्रद निष्कासन गर्ने गरी संशोधन गर्नेछ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले असार १९ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १८ गतेसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न पाउनेछन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार