free website hit counter

युनिलिभर नेपालका शेयरधनीले प्रतिसेयर १ हजार ५८० रुपैयाँ लाभांश पाउने

beemaadmin
२०८० आश्विन २९, सोमबार

काठमाण्डौ । युनिलिभर नेपालले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार प्रतिसेयर १ हजार ५८० रुपैयाँ वितरण गर्ने निर्णय कम्पनीले गरेको छ। प्रस्तावित लाभांश आउँदो वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। साधारणसभाबाट अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले स्पष्ट पारेको छ। कम्पनीले लाभांश वितरणार्थ आउँदो मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यसको अर्थ मंसिर १२ गतेअघिसम्म कायम सेयरधनीहरु कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

सम्बन्धित समाचार