free website hit counter

युनिलिभर नेपालका सेयर धनीले पाए अहिलेसम्मकै उच्च लाभांश

beemaadmin
२०८१ कार्तिक १५, बिहीबार

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले ३१ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो इतिहासमा अहिलेसम्मकै उच्च लाभांश १ हजार ७१४ रुपैयाँ प्रति शेयर स्वीकृत गरेको छ । गत वर्षको भुक्तानीको तुलनामा यो ८ प्रतिशत वृद्धि हो । कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेईले कम्पनीलाई हालको स्थितिमा पुर्‍याउनको लागि सेयर धनीहरूको अटुट सहयोगको लागि धन्यवाद ज्ञापन गरे । सभामा विगत चार वर्ष देखि युनिलिभर नेपालको बोर्डलाई नेतृत्व प्रदान गर्दै आएका बाजपेईलाई ऐच्छिक सेवा निवृत्तिको लागि शुभ कामना प्रदान गरिएको थियो । कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अम्लान मुखर्जी, बोर्ड र सेयर धनीहरूले बाजपेईलाई युनिलिभर नेपाललाई सबल बनाउन पुर्‍याएको योगदानका लागि सम्मान गरेका थिए ।

सम्बन्धित समाचार

डिजेल र मट्टितेलको मूल्य घट्यो

beemaadmin
२०८१ कार्तिक १६, शुक्रबार

नेपाल लाइफद्वारा आगामी रणनीति तर्जुमा

beemaadmin
२०८१ कार्तिक १५, बिहीबार

अझै बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ कार्तिक १५, बिहीबार