free website hit counter

यो साता बीमा समितिले नयाँ अध्यक्ष पाउला ? दौडमा यस्ता अनुहार

beemaadmin
२०७७ पुष १५, बुधबार

काठमाडौं । सरकारले गर्ने नियुक्तिहरुमा भागवण्डा भन्दा प्रतिस्पर्धाबाट गर्ने हो भने त्यसरी नियुक्त भएको व्यक्ति विषयविज्ञ हुने थियो । तर राजनीतिक आस्था र पहुँचका आधारमा कुनै पनि संस्थाको नेतृत्व सुम्पने परम्पाका कारण कतिपय संस्था धरासायी बन्ने गरेका छन् । रिक्त बीमा समितिको नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रियाका लागि आकांक्षीहरुको लेखा जोखा सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरेका हुन् । वर्तमान अध्यक्ष चिरन्जीवी चापागाईंको कार्यकाल पुस २३ गते सकिदैछ । कार्यकाल सकिन एक साता बाँकी भएपनि अध्यक्ष चापागाई बिदामा बसेका छन् । समितिमा अध्यक्ष पद रिक्त हुन लागेकोले अर्थमन्त्री पौडेलले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन चासो देखाएका छन् । बीमा समितिको अध्यक्ष अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले नियुक्त गर्ने व्यवस्था छ । समितिको अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पहिलो नम्बरमा देखिएका छन् ।
गभर्नरको प्रत्यासी रहेका र नेपाल राष्ट्र बैंकको बरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारी सम्हालिरहेका सिवाकोटीले प्रधानमन्त्री ओलीले पत्याएका व्यक्ति हुन् ।

यस्तै दौडमा रहेका अर्का पात्र कृषि विकास बैङ्कका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला हुन् । यसअघि समितिको अध्यक्षको दौडमा रहेका डा. रवीन्द्र घिमिरेले पनि दौड जारी राखेका छन् । डा घिमिरे पोखरा विश्वविद्यालयका एशोसिएट प्रोफेसर हुन् ।
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईंको नाम पनि यो दौडमा अगाडि नै आउने गरेको छ । कर्मचारी सञ्चयकोषका पूर्व प्रशासक कृष्णप्रसाद आचार्य पनि समितिको अध्यक्षको लबिङमा रहेको चर्चा छ । यसैगरी नेपाल पुनर्बीमा कम्पनीका संस्थापक सिइओसमेत भइसकेका रमेश लम्साल पनि अध्यक्षका आकांक्षी रहेका छन् । यसैगरी राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गङ्गाराम कँडेल, नेपाल स्टक एक्सचेन्जका पूर्व अध्यक्ष टंक पनेरु, बीमा कम्पनीको कार्यकारी निर्देशकबाट नियुक्त पाएका श्रीमान् कार्की, बिजय शाहलगायतको नाम पनि अहिले चर्चामा रहेको छ । अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले समितिको अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान रहेको छ ।

सम्बन्धित समाचार