free website hit counter

यौन दुर्व्यवहारको आरोप लगाउने शर्मिला श्रेष्ठविरुद्ध कृष्ण कँडेलले दिए मुद्दा

beemaadmin
२०८० फाल्गुन ५, शनिबार

काठमाडौं । चर्चित लोक दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले कलाकार शर्मिला श्रेष्ठविरुद्ध अदालतमा मुद्दा दिएका छन्। इन्द्रेणीबाट निकालिएको भनी आरोप लगाउने शर्मिलासहितलाई प्रतिवादी बनाएर कँडेलले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन्। पहिले इन्द्रेणीमा काम गर्ने शर्मिलासहितका ६ कलाकारले फेसबुक लाइभ र पत्रकार सम्मेलन गरेर कँडेलले श्रम शोषण गरेको आरोप लगाएका थिए। यस क्रममा शर्मिलाले इन्द्रेणी सञ्चालक कँडेलले ‘यौन दुर्व्यवहार’ गरेको गम्भीर आरोपसमेत लगाएकी थिइन्। यस विषयमा कँडेलले शुक्रबार पत्रकार सम्मेलन गरी खण्डन पनि गरेका थिए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार