free website hit counter

रहेनन् वरिष्ठ पत्रकार दुर्गानाथ

beemaadmin
२०७६ माघ २२, बुधबार

काठमाडौं। वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको हो। २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएको उहाँलाई इन्फेक्सनको समस्या भएपछि शुरुमा गंगालाल अस्पताल भर्ना गरिएको थियो। गंगालालमा ५ दिन उपचार गरी उहाँलाई हिजो राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उहाँको आज बिहान निधन भएको उहाँको दाजु लक्ष्मीनाथ शर्माले पुष्टि गर्नुभएको छ।
२००४ सालमा इलाममा जन्मनु भएका शर्माले लामो समयसम्म गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा काम गनुृभएको थियो ।

सम्बन्धित समाचार