free website hit counter

राखेपका सबै बैकिङ कारोबार कृषि बैंक बैंकमार्फत

beemaadmin
२०७७ पुष १६, बिहीबार

काठमाडौं । देशको खेल विकासमा महत्वपूर्ण योगदान दिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आप्mना सम्पूर्ण बैंकिङ्ग कारोवार कृषि विकास बैंक मार्फत गर्ने भएको छ । यस सम्वन्धी सम्झौता पुस १४ गते सम्पन्न भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सहित उच्च पदस्त कर्मचारीहरुको उपस्थितिमा मंगलवार सम्झौता भएको हो । दश बर्षे सम्झौता पत्र आदन प्रदान गदै सदस्य सचिव सिलवालले भन्नु भयो–सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताउनु भयो । उहाँले भन्नु भयो नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेका हौं ।
दश बर्षको लागि भएको सम्झौतामा बैंकले राखेपका ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ । यस्तै राखेपले सवै बैंकिङ्ग कारोवार कृषि विकास बैंक मार्फत गर्नेछ । देशका ७७ जिल्लामा नेटवर्क रहेका दुई संस्था बिचको सम्वन्धले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्न जाने देखिन्छ । परिषद्ले बैंक मार्फत सेवा लिदाँ सेवा शुल्कमा सहुलियत हुनेछ भने एकिकृत कारोवार गर्न सहजता हुनेछ । सम्झौता अनुसार बैंकले परिषद् र परिषद्मा आवद्ध कर्मचारीलाई निःशुल्क विद्युतीय भुक्तानीका सेवा उपलब्ध गराउने छ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम परिषद् मार्फत खेल क्षेत्रमा खर्च गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले विगतलाई स्मरण गराउँदै भन्नु भयो– भलिवलका राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पुनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुने छ । उहाँले थप्नु भयो–केन्द्रमा मात्र होईन, जिल्ला प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिका सम्म सहकार्य गर्न सकिन्छ ।
खेलकुदको विकास र विस्तारका लागि केन्द्र देखि पालिका सम्म सहमति अनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर परिषद्लाई भौतिक सामाग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले संचालन गरेका कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिनेछ । बैंकिङ कारोवारका लािग बैंकले परिषद्को बैंकिङ पार्टनर भई कार्य गर्ने छ ।
सम्झौता समारोहका परिषद्को तर्फबाट सदस्यद्धय सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, विभागिय प्रमुख कुलवहादुर थापा, डेभ वहादुर वस्नेत, मधुसुदन वस्नेत, शाखा प्रमुख, राखेप कर्मचारी संघका फनिन्द्र पौडेल लगायत अन्य पदाधिकारीेको उपस्थिति थियो भने बैंकका तर्फबाट उप–महाप्रवन्धक यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख मीनराज पोखरेल, वाग्मती प्रदेश प्रमुख सुन्दर प्रसाद खतिवडा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंक र परिषद्बिच व्यावसायिक सहकार्य गर्नु सम्झौताको मूल उद्देश्य रहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार