free website hit counter

राजधानीमा ९ सहित देशभर थपिए १५० कोरोना संक्रमित

beemaadmin
२०७७ श्रावण ६, मंगलवार

काठमाडौं । बाढी पहिरोका कारण मुलुक अस्तव्यस्त बनिरहेको छ भने कोरोना संक्रमणको दर पनि रोकिएको छैन । मंगलबार १५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

 

योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १७ हजार ९९४ रहेको छ जसमध्ये सक्रिय संक्रमित पाँच हजार ४७७ रहेका छन् । आज थपिएका कोरोना संक्रमितमध्ये जना काठमाडौंका आठ जना र ललितपुरका एक जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ६०९ रहेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म देशभरमा कोरोना मुक्त हुनेको संख्या १२ हजार ४७७ पुगेको छ ।

 

प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा ५०० भन्दा बढि संक्रमित हुने जिल्ला रौतहट, कैलाली र बाजुरा छन् भने कोरोना मुक्त हुने जिल्ला भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेको जनाएका छन् ।

सम्बन्धित समाचार