free website hit counter

राष्ट्र बैंका प्रवक्ता भन्छन्, अन्तर एटिएम कारोबारमा तत्काल शुल्क लाग्दैन

beemaadmin
२०७७ मंसिर १९, शुक्रबार

काठमाडौं । कोरोना कहरका कारण हटाइएको अन्तर बैंक एटिम कारोबारमा लाग्ने शुल्क सदाका लागि हटाएको भए पनि नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दा बुँदा नं. ६७ मा ‘बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत् ग्राहकबाट लिने सेवा शुल्कसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ।’ भन्ने वाक्ले फेरि एउटा बैंकको एटिएमले अर्को बैंकबाट पैसा झिक्दा शुल्क लाग्ने हो कि भन्ने आम नागरिकले ठानेका बेला नेपाल राष्ट्र बैंकले यसबारे स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने, कुनै सर्कुलर गरिएको छैन, अहिले अन्तर एटिएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था यथावत् छ। बैंकहरूले पनि अहिले निःशुल्क एटिएमको व्यवस्था नै लागू भइरहेको स्पष्ट पारेका छन्। यसअघि कोरोना भाइरसको महामारी सुरू हुँदा बैंकहरूले नै चैतको दोस्रो साताबाट अन्तरएटिएम कारोबार निःशुल्क गरेका थिए। पछि राष्ट्र बैंकले नै अर्को व्यवस्था नभएसम्म अन्तरएटिएम कारोबारमा कुनै शुल्क लिन नपाउने गरी निर्देशन गरेको थियो।

सम्बन्धित समाचार