free website hit counter

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढकालले ग्रहण गरे सपथ

beemaadmin
२०८२ कार्तिक १८, मंगलवार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकालले सपथ ग्रहण गरेका छन् । उनलाई आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका उनलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष तोकिएको हो । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा। शिवहरि श्रेष्ठ लगायत पदाधिकारीहरू उपस्थित थिए ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार