free website hit counter

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०८३ आश्विन ३, शनिबार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको साधारणसभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिसमा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको छ।

Advertisement
Advertisement

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

Advertisement
Advertisement

साधारणसभा प्रयोजनका लागि कम्पनीले गत भदौ १८ गते बुक क्लोज गरेको थियो।

सम्बन्धित समाचार