काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिइओमा आवेदन माग भएपछि परेको ११ जनाको दाबीबाट पाँच जनालाई सर्ट लिष्टिङ गरिएको छ । सीइको दाबी गर्दै सुकल्याण पराजुली, सुरेन्द्र थापा, बुद्धकाजी श्रेष्ठ, शेरजंग कार्की, तोयराज अधिकारी, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोज सिंह भण्डारी, शेखर बराल, रामबहादुर खड्का र बरिस्मा साउद आचार्यले निवेदन दिएकोमा तोयराज अधिकारी, बुद्ध काजी श्रेष्ठ, रामबहादुर खड्का, सुरेन्द्र थापा र शेखर बराल सर्ट लिष्टमा परेका हुन् ।
पदपुर्ति समितिले मंसिर १२ गते सार्वजनिक सूचना आह्वान गरेको थियो । उक्त सूचना अनुसार पेश भएका व्यक्तिहरु मध्येबाट शैक्षित योग्यता, कार्यानुभव र व्यवसायिक कार्ययोजना मूल्यांकनबाट प्राप्त गरेको अंकको आधारमा ५ जनाको नाम सिफारिस गरिएको हो ।