free website hit counter

राष्ट्रिय बीमा संस्थानले सुर्खेतमा खोल्यो शाखा

beemaadmin
२०७६ माघ १६, बिहीबार

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले सुर्खेतमा शाखा विस्तार गरेको छ । सो शाखाको उद्घघाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गरेका छन् ।

कार्यक्रममा मन्त्री ज्वालाले नीतिगत, कानूनी तथा व्यवहारिक रुपमा केही समस्या रहँदै आएका भए पनि सो समस्या सुल्झाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अब कर्णालीबासीलाई बीमा संस्थानले बीमाको पहुँचमा ल्याउन सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

संस्थानका अध्यक्ष गंगाराम कंडेलले शाखा विस्तारलाई तिव्रता दिँदै हरेक नागरिकको पहुँचमा बीमा पुयाउँने बताए । बीमाले आर्थिक जोखिमको व्यवस्थापन मात्र नभई मानसिक सुरक्षा दिनेसमेत हुँदा संस्थानले नीतिगत अस्पष्टता अन्त्य गरी सहजीकरण गर्नेमा कंडेलले जोड दिए ।

राष्ट्रिय बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले मुलुकका २० प्रतिशत जनता बीमाको पहुँचमा रहेको तथा कूल ग्राहस्थ उत्पादन जिडिपीमा बीमाको ३ प्रतिशत योगदान रहेको बताए । संस्थानले चालु आर्थिक वर्षमै जुम्लामा समेत शाखा कार्यालय सञ्चालन गर्ने जानकारी दिएको छ ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार