free website hit counter

राष्ट्रिय बीमा संस्थानले दियो अभिकर्तालाई तालिम

beemaadmin
२०७८ मंसिर २६, आईतवार

काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमा कम्पनि राष्ट्रिय बीमा संस्थाले लुम्बिनी प्रदेशको बुटवलमा दुइ दिने जीवन बीमा अभिर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । तालिम यहि मंसिर २४ र २५ गते संचालन गरेको कम्पनीले जनाएको छ । बुटवलका शाखा प्रमुख बिदुर भट्टराईको संयोजकत्वमा संचालित तालिममा राष्ट्रिय बीमा संस्थान घोराही शाखाका प्रमुख सुजित प्रसाद शाहले बीमाको परिचय तथा अभिकर्ताले प्रतिस्पर्धीको बजारमा व्यवसायलाई कसरि प्रबर्धन गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय बीमा संस्थानले अहिले देशभरी नै अभिकर्ता संजाल बढाउनको लागि तालिम अभियान संचालन गर्दै आईरहेको छ । अभिकर्ता बन्न इच्छुक व्यक्तिले प्रधान कार्यालय तथा नजिकको शाखामा सम्पर्क गरि सेवाको लाभ लिन कम्पनीले सोही कार्यक्रममा भनेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार