free website hit counter

रिलायन्स लाइफको चौथो वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०७८ पुष १२, सोमबार

काठमाडौं । सञ्चालक समितिबाट प्रस्ताव भएको ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश अनुमोदन गर्दै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले संचालक समितिमा साधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकमा डा. बद्री प्रसाद पोखरेल र परिच्छिद खेमका निर्वाचित गरेको छ । साथै, सभामा शेयरधनीहरुले कम्पनीलाई आफ्नै जग्गामा भवन निर्माणका लागि सुझाएका थिए । लगानीकर्ताको उक्त सुझावलाई संचालक समितिले आगामी दिनमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यस्तै, सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गरेको छ । सभामा कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्ने प्रस्ताव समेत पारित गरेको जनाएको छ । साथै, सभाले कम्पनीले आर्थिक वर्ष २०७६÷७७ मा संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम ७ लाख ५० हजार रुपैयाँ कम्पनी ऐन अनुसार अनुमोदन गरेको छ ।

सम्बन्धित समाचार