free website hit counter

रिलायन्स लाइफको सिइओ बन्दै पोखरेल

beemaadmin
२०७८ पुष १७, शनिबार

काठमाडौं । प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविणरमण पराजुली पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकालमा नदोहोरिएपछि अर्को व्यवस्था नभएसम्मक लागि नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले राकेश पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने भएको छ । कायम मुकायम प्रमुख कार्यकारी कँडेललाई नै सिइओको जिम्मेवारी दिनुपर्ने आवाज उठे पनि उनको पक्षमा भन्दा पोखरेलको पक्षमा सहमति जुटेको स्रोतको भनाई छ ।

कम्पनी सञ्चालक समितिको बैठकले पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गर्दै नियामक निकाय लागि बीमा समितिमा पेश गर्दैछ । जीवन बीमाको क्षेत्रमा दक्ष मानिएका पोखरेल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् भने भारतीय बोर्डबाट २००९ मा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेका छन् । प्राइम लाइफमा इन्टर्नल अडिटर, सूर्या लाइफमा सहायक महाप्रवन्धक ‘एजिएम’ हुँदै उपमहाप्रवन्धक भएका पोखरेल आइएमई लाइफको महाप्रवन्धकको भूमिका निर्वाह गरिसकेका छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार