free website hit counter

रिलायन्स लाइफले पहिलो त्रैमासमा ३८ प्रतिशतले बढायो नाफा

beemaadmin
२०७८ कार्तिक २८, आईतवार

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७३ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा ५८.१० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले बीमा शुल्क आर्जन ४६ करोड ५२ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ५ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आय ३ करोड ११ लाख रुपैयाँमात्र थियो।
यो अवधिमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष कम्पनीले ६ करोड ७८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी ११०।६७ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३८.१८ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ३ करोड रुपैयाँ बढी नाफा गरेको कम्पनीले समीक्षा अवधिमा ४ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको व्यवस्थापन खर्च ३२.९४ प्रतिशतले वृद्धि भएर ११ करोड २ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा व्यवस्थापन खर्च ८ करोड २९ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा कम्पनीको जीवन कोषको आकार बढेर ३ अर्ब २ करोड रुपैयाँको भएको छ। गत वर्ष जीवन बीमा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो। १७ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर २६ करोड ३४ लाख रुपैयाँको उचाइमा पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल जारी बीमालेखको संख्या ९१ हजार ९८७ रहेको छ। गत वर्ष यही अवधिमा कुल जारी बीमालेखको संख्या ४ हजार १३८ रहेको थियो।
चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी ७.५२ रुपैयाँ, पीई अनुपात ६३.४८ गुणा र प्रतिसेयर नेटवर्थ ११३.९४ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार