free website hit counter

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट अभिकर्ताहरूकाे सम्मान

beemaadmin
२०८० भाद्र २७, बुधबार

झापा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले देशभरिका उत्कृष्ट १०० अभिकर्ताहरूलाई विभिन्न विधामा सम्मान गरेको छ । पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड इस्पामा भदौ २२ सुरु भएको कार्यक्रममा आर्थिक वर्ष २०७९ ÷ २०८० मा एजेन्सीतर्फ साथै व्यक्तिगत अभिकर्ता कोडमा समेत नेपालभरिबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भद्रपुर शाखाका एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर बाबुराम अधिकारी प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै एजेन्सीतर्फ बिर्तामोड शाखाका एमडिआरटी तथा सिनियर एजेन्सी मेनेजर प्रेमराज गिरी तृतीय भएका छन् । उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको छ । कम्पनीका कार्यकारी प्रमुख (सिइओ) नारायण बाबु लोहनीले उद्घाटन गरेको कार्यक्रममा कम्पनीका प्रमुख प्रबन्धक शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । वरिष्ठ सहायक महाप्रबन्धक दीपेश बाबु तिवारी र वरिष्ठ प्रबन्धक युवराज ज्ञवालीले कम्पनीको भावी योजना र नयाँ बिमा योजनाको बारेमा प्रस्ट पारेका थिए । साथै कम्पनीका वरिष्ठ प्रबन्धक कल्याण राज हलुवाई समेतको उपस्थिति रहेको कार्यक्रममा सातै वटा प्रदेशका प्रमुख र उत्कृष्ट केही शाखाका मेनेजरहरू समेतको उपस्थितिमा रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय उत्प्रेरकद्वारा चार घण्टासम्म उत्प्रेरणा जगाउने काम समेत भएको थियो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार