free website hit counter

रिलायबल नेपाल लाइफ नवाैं वर्षमा

beemaadmin
२०८२ भाद्र १५, आईतवार

काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्दै अघि बढेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आठौं वर्ष पूरा गरी नवाैं वर्षमा प्रवेश गरेको छ । २०७५ साल भदौ १५ गतेबाट औपचारिक कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ नवाैं वर्षमा प्रवेश गरेको हो । बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता जनाएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ कम्पनीको रुपमा २०७५ साल भदौ १५ गतेदेखि सुरु गरेको थियो । पछिल्लो पुस्ताको जीवन बीमा कम्पनीको रुपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना कन्दरामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रुपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । बार्षिकोत्सवको अवसर पारेर कम्पनीले ग्राहक र लगानीकर्ताको विश्वास र साथ पाएकै कारण आजको सफलता हासिल गरेको उल्लेख गर्दै सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।

गौरवपूर्ण आठौं वर्ष पुरा गरी नवाैं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले जारी गरेको शुभकामना सन्देशमा अत्याधुनिक र विश्वसनीय जीवन बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ । साथै आगामी कैयौं वर्षहरुसम्म बीमित र परिवारको साथमा रहेर जोखिम बहन गरिरहने उल्लेख छ । कम्पनीले अभिकर्ताहरुले देशका विभिन्न स्थानमा रहेका नेपाली नागरिकहरुको बीमा गरी सात वर्षको अवधिमा लाखौ मानिसको जीवन रक्षावरण गर्न सफल भएका छन् । बार्षिकोत्सवकै अवसरमा रिलायबल नेपाल लाइफले नियामक निकाय, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझै बढि लाभ प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको छ । सात वर्षकै अवधीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ । सातै प्रदेशमा शाखा सञ्जाल, देशैभरि हजारौं सक्रिय बीमा अभिकर्तामार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले आठौं वार्षिकोत्सवको अवसरमा नियामक निकाय बीमा प्राधिकरण, सञ्चालक, शेयरधनी, कर्मचारी, अभिकर्ता तथा आम बीमितहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले कम्पनीका सम्पूर्ण वित्तीय सूचांकहरु एकदमै बलिया रहेका र आउँदो दिनमा अझै बलियो बीमा कम्पनीका रुपमा स्थापित हुने प्रतिवद्धता जनाएका छन् । चुक्तापुँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४७.२५ प्रतिशतले बढी हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार