काठमाडौं । रिलायबल नेपाल लाइफले प्रस्तावकको मृत्यु पछि राइडर पोलिसी अन्तर्गत पर्न जाने १० लाख बराबरको मृत्यु दाबी भुक्तानी गर्ने भएको छ । उक्त रकम बीमितले बीमा अवधि कायम रहुन्जेलसम्ममा पाउने छन् । कम्पनीले MIB र PWB अन्तर्गत उक्त रकम दाबी भुक्तानी गरेको हो । कम्पनीले मिर्चैया शाखाबाट बाल शुलभ जीवन बीमा खरिद गरेका रुसी शाह र खुसी शाहको प्रस्तावक रामेश्वर शाहको मृत्यु भए सँगै यस्तो दाबी भुक्तानी दिएको हो ।
शाहको कालगतिबाट मृत्यु भए सँगै बीमालेखमा उल्लेख गरिएको शर्त बमोजिम मासिक आय र बीमाशुल्क छुट बापत उक्त रकम दाबी भुक्तानी गरिएको हो । शाहले आफु प्रस्तावक बसि रुसी र खुसीको ५–५ लाख रुपैयाँ बीमाङ्कको बीमा गरिदिएका थिए । बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा यथासिघ्र उक्त रकम भुक्तानी गरिएको मिर्चैया शाखा प्रवन्धक सुरेन्द्र प्रसाद शाह बताए ।