free website hit counter

रौतहटमा शंकास्पद बिरामी बढे

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

रौतहट । कोरोना भाइरस संक्रमितको आशंकामा रौतहटमा बिरामीको संख्या बढदै गएको छ । जिल्लास्थित कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा बस्ने शंकास्पद बिरामीको संख्या बढेको हो । भारतलगायत बिभिन्न स्थानबाट आउनेहरुलाई १६ दिन सम्म नियमित क्वारेन्टाइनमा बस्ने ब्यवस्था अनुसार त्यस्ता शंकास्पद बिरामीको संख्या बढेको छ । जिल्लाको कटहरिया, मौलापुर, बौधीमाई,प।गौर,चन्द्रपुर लगायतका स्थानमा रहेको २७ क्वारेन्टाईनहरुमा २ सय ४१ जना शंकास्पद बिरामीको उपचार भइरहेको छ । जिल्लाभरीमा कुल २५ आईसोलेसन कक्ष सबै क्वारेन्टाईनमा कुल आठसय ३६ बेड रहेको छ ।जिल्लाको बिभिन्न क्वारेन्टाईनमा लगातार २ हप्ता बसेर हालसम्म ३५ जना बिरामी निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार