free website hit counter

लक डाउन उल्लंघन गर्नेलाई गोली ठोक्ने आदेश

beemaadmin
२०७६ चैत्र २०, बिहीबार

एजेन्सी । लकडाउन उल्लंघन गर्ने नेपालीमाथि प्रहरीले गरेको लाठीचार्जको सामाजिक सञ्जालमा विरोध भइरहेको बेला फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएको सुन्दा के भन्लान् ? बिना काम सडकमा लखर लखर हिंड्नेमाथि प्रहरी प्रशासनले कडाई गर्नु अनौठो होइन । तर यही विषयलाई सामाजिक सञ्जालले अतिरञ्जित बनाइरहेको बेला फिलिपिन्सका राष्ट्रपतिको यति कडा निर्देशन आएको हो ।

मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्, उनले बुधबार अबेर प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिए । सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुटर्टोले यस्तो आदेश जारी गरेका हुन् ।

स्यान्टिटाउनका बासिन्दाले दुई हप्ता अघिदेखि लागू गरिएको लकडाउनका बीच आफूहरुले सरकारबाट अन्य राहत सामग्रीका साथै खाद्य सहयता नपाएको गुनासो गरेका छन् । पक्राउ गरिएकामध्ये ६ महिला पनि छन् । प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्न भनिएको छ । यो नयाँ नियम तोड्नेविरुद्ध आपराधिक मुद्दा दर्ता गरिने उनले जानकारी दिए ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार