काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले लाभांशको प्रस्तावसहित २४ औं साधारण सभा आह्वान गरेको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा सभामा आव २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८०–८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।