free website hit counter

लगातार घटेको सुन साताको अन्तिम दिन उकालो लाग्यो

beemaadmin
२०८० भाद्र २२, शुक्रबार

काठमाडौं । लगातार गिरावट भएको सुनको भाउ शुक्रबार वृद्धि भएको छ । भदौ २२ गते, सुन तोलामा ३०० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको भाउ सस्तिएको थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार रुपैयाँमा झरेको थियो । यस साता सुनको भाउमा गिरावट देखिएको छ । साताभरमा सुन प्रतितोला २०० रूपैयाँले घटेको हो । गत शुक्रबार सुन प्रतितोला एक लाख १२ हजार ५०० रूपैयाँ तोकिएको थियो । त्यसयता भने उतार चढा देखि नै रहेको थियो । शुक्रबार चाँदीको मूल्य ओरालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । चाँदीको भाउ निरन्तर चौथो दिन घटेको हो । चार दिनमा चाँदी तोलामा ६० रूपैयाँले गिरावट घटिसकेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी प्रतितोला २० रुपैयाँले सस्तिदा एक हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार