free website hit counter

लगानी कम्पनीको आईपीओमा निष्काशन प्रकृयामा कडाई

beemaadmin
२०८२ असार ९, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानी कम्पनीको आईपीओमा निष्काशनका मापदण्ड संसोधन गरेको छ। बोर्डले लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा यसअघिको नीतिगत व्यवस्था परिमार्जन गरेको हो । बोर्डले लगानी कम्पनीहरुलाई आईपीओ अनुमति दिँदा ८ वटा मापदण्ड निधारण गरेको छ। संगठित संस्थारलगानी कम्पनी कम्तीमा विगत ३ वर्ष सञ्चालनमा रही पछिल्लो दुई आर्थिक बर्षमा मुनाफा गरेको हुनुपर्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ अंकित मूल्यभन्दा बढी भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै संगठित संस्थारलगानी कम्पनीले ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक शेयरबाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजारमार्फत धितोपत्र खरिद गर्न नसक्ने व्यवस्था गरेको छ । तर, योग्य संस्थागत लगानीकर्ताको रुपमा समेत कार्य गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको खण्डमा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको बुक बिल्डिङ विधिमार्फत हुने प्रारम्भिक सार्वजनिक निष्कासनमा मात्र योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न सक्ने व्यवस्था गरिएको छ । संगठित संस्थारलगानी कम्पनी ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रको संगठित संस्थाको धितोपत्रमा मात्र लगानी गर्ने गरी स्थापना भएको हुनुपर्नेछ । संगठित संस्थारलगानी कम्पनीले न्यूनतमभन्दा कम्तीमा एक स्तर माथिको क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्ने, कम्पनीको चुक्तापुँजी कम्तीमा ५० करोड हुनुपर्नेछ । नेपाल सरकार संस्थापक भई स्थापना भएको संगठित संस्था वा ऊर्जा, यातायात, सञ्चार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खनन क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएको संगठित संस्था÷लगानी कम्पनी हुनुपर्ने व्यवस्था गरेको छ । वैदेशिक लगानीमा स्थापना भएका संगिठत संस्थाले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनको प्रक्रिया पूरा गरेको हुनुपर्नेछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार