काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले सबै लगानीकर्ताहरुलाई शेयरबजार सम्बन्धी ज्ञान होस् भन्ने उद्देश्यका साथ लगानीकर्तालाई शिक्षा दिने चेतनामुलक अभियान सञ्चालन गर्दै आईरहेको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडले यो जनचेतनामुलक अभियान सामाजिक सञ्जाल मार्फतबाट सबै वर्गलाई बुभ्न सजिलो हुने उद्देश्यले नेपाली र अंग्रेजी दुवै भाषामा संप्रेष गर्दै आईरहेको जनाएको छ ।
साथै शेयर बजार सम्बन्धी विस्तृत जानकारी दिनका लागि दैनिक रुपमा डेली न्युज लेटर र साप्ताहिक रुपमा साप्ताहिक शेयर बजार समिक्षा पनि गरिरहेको छ । यस क्यापिटलले प्रस्तुत गर्दै आईरहेको चेतनामुलक अभियानले शेयर बजारमा लागानी गर्न इच्छुक लगानीकर्ताहरुलाई टेवा पु–याउनेमा विश्वस्त छ ।
यसका साथै एनआईबिएल एस क्यापिटल लिमिटेडले आगामि दिनहरुमा जनमानसमा शेयर बजार सम्बन्धी थप जनचेतना र शेयर ज्ञान अभिवृद्धि गर्न आफ्नो सामाजिक सञ्जालका माध्यमहरु अझ सक्रिय बनाउदै जाने प्रतिवद्वता व्यक्त गरेको छ ।