काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म अधिकांश लघुवित्त वित्तीय संस्थाहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ। सूचीकृत ५० वटा लघुवित्त कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समग्र क्षेत्रको खुद नाफा गत वर्षको तुलनामा ४३.१६ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब २४ करोड ४८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ५ अर्ब ६ करोड ७ लाख रुपैयाँ रहेको थियो।
सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ। कम्पनीले ९० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। त्यसपछि डिप्रोक्स लघुवित्त ले ६८ करोड १ लाख रुपैयाँ, जीवन विकास लघुवित्त ले ६२ करोड ६९ लाख रुपैयाँ, नेशनल लघुवित्त ले ५८ करोड ८६ लाख रुपैयाँ तथा साना किसान विकास लघुवित्त ले ४८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका छन्।
त्यस्तै स्वाबलम्बन लघुवित्त ले ३२ करोड २७ लाख रुपैयाँ, ग्रामीण विकास लघुवित्त ले ३० करोड १५ लाख रुपैयाँ, ग्लोबल आईएमई लघुवित्त ले २१ करोड ९५ लाख रुपैयाँ, स्वरोजगार लघुवित्त ले २१ करोड २ लाख रुपैयाँ तथा सूर्योदय वोमी लघुवित्त ले १८ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
यसैगरी आशा लघुवित्त ले १७ करोड ६२ लाख रुपैयाँ, फर्वार्ड माइक्रोफाइनान्स ले १६ करोड २८ लाख रुपैयाँ, निर्धन उत्थान लघुवित्त ले १५ करोड ५० लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्स ले १४ करोड ८५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्त ले १४ करोड २२ लाख रुपैयाँ तथा सम्पदा लघुवित्त ले १३ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन्।
यस्तै महुली लघुवित्त ले १२ करोड २८ लाख रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्स ले ११ करोड ३७ लाख रुपैयाँ, एनआईसी एशिया लघुवित्त ले १० करोड ६९ लाख रुपैयाँ, अभियान लघुवित्त ले ९ करोड ८५ लाख रुपैयाँ, आरम्भ चौतारी लघुवित्त ले ९ करोड ३७ लाख रुपैयाँ, एनएमबी लघुवित्त ले ८ करोड ७० लाख रुपैयाँ, समता घरेलु लघुवित्त ले ८ करोड २३ लाख रुपैयाँ तथा हिमालयन लघुवित्त ले ८ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन्।
त्यस्तै इन्फिनिटी लघुवित्त ले ७ करोड ५८ लाख रुपैयाँ, मिथिला लघुवित्त ले ७ करोड ३६ लाख रुपैयाँ, मातृभूमि लघुवित्त ले ७ करोड १२ लाख रुपैयाँ, आरएसडीसी लघुवित्त ले ६ करोड ५६ लाख रुपैयाँ, नाडेप लघुवित्त ले ६ करोड ५१ लाख रुपैयाँ, गणपति लघुवित्त ले ६ करोड १० लाख रुपैयाँ तथा सामुदायिक लघुवित्त ले ५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएका छन्।
यसैगरी लक्ष्मी लघुवित्त ले ५ करोड ७२ लाख रुपैयाँ, महिला लघुवित्त ले ५ करोड ५० लाख रुपैयाँ, सीवाईसी नेपाल लघुवित्त ले ५ करोड ३४ लाख रुपैयाँ, आत्मनिर्भर लघुवित्त ले ४ करोड ८४ लाख रुपैयाँ, सपोर्ट लघुवित्त ले ४ करोड ६८ लाख रुपैयाँ, उन्नति सहकार्य लघुवित्त ले ४ करोड ४३ लाख रुपैयाँ, नेरुडे मिर्मिरे लघुवित्त ले ४ करोड ३८ लाख रुपैयाँ, स्वाभिमान लघुवित्त ले ४ करोड ३७ लाख रुपैयाँ तथा गुराँस लघुवित्त ले ४ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
त्यस्तै उपकार लघुवित्त ले ३ करोड ६ लाख रुपैयाँ, धौलागिरि लघुवित्त ले १ करोड ८२ लाख रुपैयाँ, श्रृजनशील लघुवित्त ले १ करोड ६४ लाख रुपैयाँ, कालिका लघुवित्त ले १ करोड ४७ लाख रुपैयाँ, युनिक नेपाल लघुवित्त ले १ करोड ३५ लाख रुपैयाँ, मानुषी लघुवित्त ले १ करोड ३२ लाख रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्त ले १ करोड ३ लाख रुपैयाँ, स्वस्तिक लघुवित्त ले ९२ लाख रुपैयाँ तथा विन नेपाल लघुवित्त ले ८६ लाख रुपैयाँ नाफा कमाएका छन्।
यद्यपि विजय लघुवित्त भने चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २६ लाख रुपैयाँ घाटामा देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ७ करोड ८१ लाख रुपैयाँ नाफामा रहेको थियो।
यस अवधिमा केही लघुवित्त संस्थाहरूको नाफा उल्लेखनीय रूपमा बढेको देखिएको छ। विशेषगरी इन्फिनिटी लघुवित्त, एनआईसी एशिया लघुवित्त, महुली लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, नाडेप लघुवित्त तथा फर्वार्ड माइक्रोफाइनान्स को नाफा उच्च दरले वृद्धि भएको देखिएको छ। अर्कोतर्फ निर्धन उत्थान लघुवित्त, कालिका लघुवित्त, युनिक नेपाल लघुवित्त, महिला लघुवित्त तथा नेरुडे मिर्मिरे लघुवित्त को नाफामा भने गिरावट आएको वित्तीय विवरणले देखाएको छ।