बीमकहरुले आफ्नो मातहतको बीमा गर्नु जायज छ अझ बीमकहरुको बढी प्रतिस्पर्धाले गर्दा बीमा शुल्क आर्जनमा चोटिलो प्रभाव परेको छ । जीवन बीमामा सावधिक लगायतका बीमालेख बिक्री गर्दा जति सहज हुन्छ बाँकी म्यादी बीमा लगायतमा समस्याग्रस्त छ । कतिपय बीमकहरुले जीवन बीमाको व्यापार कमजोर हुँदा म्याद पावर धाएर, सहकारी, लघुवित्तसँग समन्वय गरेर म्यादी बीमा भित्य्राएका छन् र यो प्राय बीमकको लागि अभिसाप बनिसकेको छ । जहाँ दाबी भुक्तानी दिन नै गाह्रो र अप्ठ्यारो स्थिति छ भने दाबी भुक्तानी दिन नपर्ने केश त्यत्तिकै पेन्डिङमा हुँदा बीमा प्राधिकरणमा उजुरीको चाङ हुन्छन् ।
के गर्छन् त्यस्तो चलाखि लघुवित्तले ?
बीमक र लघुवित्त/सहकारीबीचमा एकमुष्ठ समझदारी हुन्छ जहाँ एकै पटक हजारौंको संख्यामा बीमितहरु थपिइ बीमा शुल्क आर्जन हुन्छ । लघुवित्तका ऋणिले किस्ताबन्दीमा ऋण तिर्दा तिर्दा थोरै रकम बाँकी रहेको बेला घटना घटेमा बीमकले पुरा बीमाङ्क रकम क्षतिपूर्ति गर्नुपर्दछ भन्ने लघुवित्तका ऋणीको श्रीमान/श्रीमतीको नै बीमा भएको हुन्छ वा ऋणी र जमानीको । अर्कोतर्फ आफ्नो ऋण असुल नहुने भएपछि नयाँ ग्राहक खोज्छन् र ऋण असुल बीमकबाट गर्छन् ।
यस्तो छ लघुवित्तको चलाखी
बीमक र बीमित संस्थासँग लमसममा सम्झौता हुन्छ तर यसमा जीवन बीमालेखमा जस्तो जोखिम मूल्यांकन हुदैन । यसैको फाइदा लघुवित्तले लिएका छन् । लघुवित्तका ऋणि रोगी हुँदा पनि ऋण प्रवाह गरेर बीमा दाबी भुक्तानी लिन खोजिरहन्छन् र अझ रोगी, वृद्धलाई ऋण प्रवाह गरी बढी बीमा दाबी भुक्तानी लिँदैछन् । राम्रोसँग कुरा भयो तीनवटा बीमकका सेल्सहेडसँग तर उनीहरुले उक्त व्यापार नै बन्द गरिदिएछन् किनिक लघुवित्तको दाबी प¥यो तर बीमित बीमा गर्न भन्दा १० दिन पहिला नै भेन्टिलेटरमा रहेछ यसको मतलब ग्राहक विरामी भएपछि ऋण प्रवाह गरेको देखिन्छ । उक्त बीमाको दाबी हुँदा बीमकले यो तथ्य पत्ता लगाइ दाबी भुक्तानी नदिई उक्त लघुवित्तको व्यवसाय नै बन्द गर्यो । यसबाट प्रष्ट के हुन्छ भने घलुवित्त हुन पुग्यो ग्राहक होइन र बीमाको गलत फाइदा लिन खोज्यो ।
केही बीमकले छाडिसके लघुवित्तको व्यापार
उपरोक्त घटन घटि बीमा शुल्क र दाबी भुक्तानीको तालमेल नखाँदा यो व्यापार छोड्न बाध्य भए ।
बीमा शुल्क कम लिई म्यादी बीमा गर्दै बीमकहरु
आर्थिक मन्दि देखिएको हाल को अवस्थामा बीमकहरुबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । जसले म्यादी बीमामा फोकस गरी बीमा शुल्क घटाएर व्यापार गर्दैछन् । यसको नतिजा एक वर्षपछि देखिन्छ भने कुनै बीमक यसको चपेटमा परिसकेको छ । व्यवसायिक हिसावले कुनै बीमकको नाम उल्लेख गरिएको छैन । तर पनि पाँच करोड घाटा खाने यस बीमालेखबाट बीमकको तालिका हामीसँग छ ।
सस्तोमा म्यादी बीमा नगरेकै राम्रो
चलन चल्तीको दरबाट म्यादी बीमा गर्दा ठिकै होला । तर अर्को बीमकले गरेको व्यापारको आधा बीमा शुल्क घटाएर बीमा गर्दै हुनुहुन्छ ? त्यो घातक हुने निश्चित छ । त्यस्तो व्यवसायमा संलग्न चार भन्दा बढी बीमक छन् र सबै संचालक, कार्यकारी अधिकृतहरुको आँखा खुल्न जरुरी छ । व्यापार देखाउने बहानामा बीमकलाई समस्याग्रस्त अवस्थामा नपु¥याइयोस् ।
के गर्दैछ बीमा प्राधिकरण
नेपाली नागरिकले बीमा गरेबापतको शुल्क प्राधिकरणले लिन्छ । धेरै निर्देशिका जारी गर्दछ । यो लघुवित्तको उजुरीको चाङ प्राधिकरणमा हुँदा हुँदै निकास किन निस्कँदैन ? लघुवित्त र बीमा फरक हुँदा हुँदै गलत दाबी भुक्तानी गर्दा नियामक निकाय सक्रिय हुनु जरुरी छ ।
लघुवित्तले आफ्नो ऋण उठाउन गलत ऋणि प्रतिस्थापन गरेको छ । यसबाट बच्न बीमकहरुले बेलैमा बुद्धि पुर्याउन आवश्यक छ भने नियामक निकाय त अझ एक कदम अघि बढेर यस्ता गलत क्रियाकलापको नियन्त्रणमा लाग्नु आवश्यक छ ।