free website hit counter

ललिता निवास सरकारी जग्गाबाट आफैं हट्न महानगरको ७ दिने अल्टिमेटम

beemaadmin
२०८० फाल्गुन ९, बुधबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैं हट्न व्यक्ति, कम्पनी र संघसंस्थालाई अनुरोध गरेको छ । आज एक सार्वजनिक सूचनामार्फत ७ दिनको समयावधि दिएर सार्वजनिक सम्पत्ति संरक्षणमा सहयोग गर्न अनुरोध गरेको छ । सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्य महानगरपालिकाको भएको महानगरले जनाएको छ । यस सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने व्यहोरासमेत यसै सूचनामार्फत सम्बद्ध सरोकावालालाई सूचित गरिन्छ, सूचनामा भनिएको छ ।

सम्बन्धित समाचार