free website hit counter

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल २५औं वर्षमा प्रवेश

beemaadmin
२०८२ भाद्र १७, मंगलवार

काठमाडौं । बीमा बजारमा आफूलाई अब्बल स्थापित गर्दै अघि बढेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भएको नेपालको बीमा कम्पनी हो । कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी तथा यस कम्पनीका सञ्चालक श्रीमती कोमल अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर एवं निम्तालु अतिथिलाई दोसल्ला लगाइ सम्मान गरे ।

कार्यक्रममा प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुने एजेन्ट पूर्णबहादुर खड्का, रामकुमार अधिकारी र एजेन्सी म्यानेजरको आधारमा प्रथम हुने रीता खतिवडालाई माला तथा दोसल्ला ओडाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमारले वर्तमान विषम परिस्थितिको बाबजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आइपर्ने जोखिममलाई न्यूनीकरण गरी आमनागरिकको विश्वास जित्न सफल भएको बताए । त्यसैगरी उनले कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याउन सहयोग गर्ने नियमनकारी निकाय, सञ्चालक समिति, सेयरधनी एवं कर्मचारी लगायत सबैमा हार्दिक कृतज्ञता साथै धन्यवाद व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले एलआईसी नेपाल नेपालको बीमा क्षेत्रको विश्वविद्यालय भएको र यहाँबाट सिँगै बीमा क्षेत्र लगायत धेरै जनशक्तिले बीमाबारे सिक्ने अवसर पाएको भनी गर्व गरे ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार