free website hit counter

लाभांश पारित गर्दै नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न

beemaadmin
२०७७ असार ५, शुक्रबार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७१औं बार्षिक साधारणसभा लाभांश वितरणको प्रस्ताव पारित गर्दै शुक्रबार सम्पन्न भएको छ। कम्पनीको पुरानो भवन, कमलादी काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट ७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभामा आर्थिक बर्ष २०७५–७६को नाफा नोक्सान हिसाबबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर अर्थात् ५ करोड ४७ लाख रुपैयाँ र बोनश शेयरमा लाग्ने कर सहित २ दशमलव ८९ प्रतिशतले हुने ३ करोड १७ लाख नगद लाभांश पारित भएको छ। कम्पनीका संचालक समिति अध्यक्ष अर्जुन पौडल शर्माको अध्यक्षतामा बसेको साधारणसभाले आर्थिक बर्ष २०७५र७६को वार्षिक प्रतिबेदन, वासलात, नाफा नोक्सान हिसाब तथा अन्य अनुसूचीहरु सर्बसम्मतिले पारित गरेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार