free website hit counter

लाभांश पारित गर्न स्वाभिमान लघुवित्तले डाक्यो साधारणसभा

beemaadmin
२०८१ चैत्र २७, बुधबार

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारणसभा २०८२ वैशाख १९ गते बस्ने भएको छ । लघुवित्तको सभा तिलोत्तमा–५, रुपन्देहीस्थित आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले गत आवका सबै वित्तीय विवरण छलफल गरी पारित गर्नेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले वैशाख १० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार