free website hit counter

लाभांश प्रस्ताव पारित

beemaadmin
२०७८ माघ २, आईतवार

काठमाडाैं । हिमालयन बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको साधारण सभा कोभिड—१९को संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फरेन्सको अनलाइन माध्यमबाट संचालन गरेको थियो । उक्त साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ वार्षिक प्रतिवेदनसहित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
साथै हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको मर्जरसम्बन्धी प्रस्ताव भने साधारण सभाले अस्वीकृत गरेको छ । उक्त प्रस्तावको सम्बन्धमा शेयरधनीहरु मध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक मत नपुगेको कारण अस्वीकृत भएको छ । उक्त प्रस्तावअन्तर्गत मर्जरको पक्षमा ४३.६३ प्रतिशत विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार