काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्मको अवधिमा ५८ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा ६६ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।
अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा २१ दशमलव ४३ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीको नाफा ११ प्रतिशतले घटेर २० करोड ४१ लाख रुपैयाँमा सिमित भएको । अघिल्लो वर्ष कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्ष ५६ करोड ९८ लाख रुपैयाँ रहेको बिमा कोषको आकार असार सम्ममा ६४ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्त सम्ममा १ अर्ब १४ करोडरुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ छ । यसअवधिमा कम्पनीले कुल ७६ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ६७ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।