free website hit counter

लुम्बिनी विकास बैंकले पारित गर्यो १० प्रतिशत लाभांश

beemaadmin
२०७७ पुष २७, सोमबार

काठमाडौं । लुम्बिनी विकास बैंकको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । पुस २६ गते सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ३ प्रतिशत नगद लाभांश (कर सहित) र ७ प्रतिशत बोनस सेयर गरी कुल १० प्रतिशत लाभांश पाउने छन् ।

सभाले आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिबेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सभामा बैंकले कोभिड १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सेयरधनीलाई सहभागिता गराएको थियो ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभर सातै प्रदेशमा अवस्थित ६९ शाखा कार्यालयहरु र १७ वटा एटीएमबाट आफ्ना करिब २ लाख ६४ हजार ग्राहकलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल बैंकले आफ्ना ग्राहकलाई निःशुल्क डेबिटरएटीएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटीएमबाट रकम झिक्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

सम्बन्धित समाचार