free website hit counter

वरुण वेभरेजले गर्यो यतिसम्मको बदमासी

beemaadmin
२०७६ पुष ४, शुक्रबार

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट विल बनाई राजस्व छली गरेको आरोपमा पेप्सीको उत्पादक संस्था वरुण वेभरेज तथा यसका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता समेत ७ जना उपर मुद्दा दायर गरेको छ। वरुण बेभरेज लिमिटेडले नेपालमा पेप्सी, ड्यु, मिरिन्डा जस्ता पेय पदार्थ बिक्री वितरण गरिरहेको छ।

विभागले उनीहरु उपर ६४ करोड ९६ लाख २ हजार विगो तथा विगोको दोब्बर एक अर्ब ९४ करोड ८८ लाख ७ हजार रुपैयाँसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
कम्पनीले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजकको कारोवार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्महरुबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजक खरिद गरी राजस्व चुहावट गरेको ठहर विभागले गरेको छ।

वरुण वेभरेज र यसका पूर्व तथा वर्तमान संचालकहरुले ६४ करोड ९६ लाख दुई हजार ३४० रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले जनाएको छ। विभागले वरुण वेभरेज (नेपाल) प्रालि र यसका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, बिनोद सिंह भनिने बिनोद कुमार सिंह र अशोक कुमारलाई प्रतिबादी बनाई मुद्दा दायर गरेको हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार