free website hit counter

वार्यनलाई च्याम्पियनन्स लिगको उपाधि

beemaadmin
२०७७ भाद्र ८, सोमबार

एजेन्सी । जर्मनीको क्लव वार्यन म्युनिखले च्याम्पियन्स लिग उपाधि जितेको छ। आइतबार मध्यराति भएको फाइनलमा फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई एक शून्यले पराजित गर्दै जर्मन क्लव विजेता बनेको हो।

खेलमा जर्मन क्लव वार्यनका तर्फबाट कमनले ५९ औं मिनेटमा हेडमाफर्त गरेको गोल नै निर्णायक बन्यो। पीएसजीले पाएका मौकालाई गोलमा परिणत गर्न नसक्दा उसले उपविजेतामै चित्त बुझाउनु पर्यो।
पीएसजी ५० वर्षपछि पहिलो पटक यो प्रतियोगिताको फाइनलमा पुगे पनि उपाधि जित्न भने सकेन।

Advertisement
Advertisement

सम्बन्धित समाचार