free website hit counter

व्यतित बीमालेख नविकरणमा एयिशन लाइफले दियो छुट

beemaadmin
२०७९ जेष्ठ १३, शुक्रबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ५० प्रतिशतसम्म व्याज छुट दिने भएको छ । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई सो मात्राको छुट दिएको हो । इन्स्योरेन्सका अनुसार बीमितहरुले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले ६ महिना नाघि पूर्ण व्यतित भएका बीमालेखमा ५० प्रतिशत व्याज छुट पाउने भएका हुन् । यो छुट २०७९ जेठ १२ गतेदेखि २०७९ असार १५ गतेसम्म मात्रै लागू हुने इन्स्योरेन्सले जनाएको छ ।
साथै, २०८० जेठ ११ गते भन्दा अघि परिपक्व हुने बीमालेखमा भने यो छुट लागू नहुने इन्स्योरेन्सले जनाएको छ । त्यस्तै, एक पटक व्याज छुट लिएका बीमितले बीमा अवधिभरी पुनः छुट पाउँदैनन् ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार