free website hit counter

व्यत्तित बीमालेख नविकरणमा ब्याज छुट

beemaadmin
२०७७ आश्विन २, शुक्रबार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीले असोज २ देखि कात्तिक ६ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट गरिएको जनाएको छ ।

कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेख पूर्नजागरण गर्दा छुट दिने जनाएको छ । कम्पनीले २०७६ साल चैत ११ गते पश्चात् भुक्तानी मिति भएका बीमालेखको हकमा शतप्रतिशत ब्याज छुट दिने जनाएको छ ।त्यस्तै, २०७६ साल चैत १० गते र यसअघि नविकरण भुक्तानी मिति भएका बीमालेखको हकमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

सम्बन्धित समाचार