free website hit counter

संक्रमितको संख्या साढे १२ लाख पुग्दा ६९ हजारको त ज्यान गइसक्यो

beemaadmin
२०७६ चैत्र २४, सोमबार

एजेन्सी । कोरोना भाइरसको आतंककाबीचमा ७० हजार नजिक मानिसले जीवन गुमाउनु परेको छ । सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् भने ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ । त्यसो त २ लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् ।
छिमेकी मुलुक भारतमा अहिलेसम्म ३ हजार ५ सय ७७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने ८३ जनाको मृत्यु भएको छ । आइतबार मात्र ५ सय ५ जना नयाँ संक्रमित भेटिएका छन् । भारतको २ सय ७४ जिल्लामा कोभिड १९ को संक्रमण भेटिएको छ ।
इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ । १९ मार्चयता इटलीमा २४ घण्टाको अन्तरालमा मृत्यु हुने यो सबैभन्दा कम संख्या हो । इटलीमा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ ।
स्पेनमा गएको २४ घण्टामा ६ सय ७४ जनाको मृत्यु भएको छ । यो स्पेनमा एक हप्तायता २४ घण्टा अवधिमा मृत्यु हुने सबैभन्दा कम संख्या हो । स्पेनमा यो महामारीका कारण अहिलेसम्म १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ र अहिलेसम्म १ लाख ३१ हजार भन्दा बढीमा यो रोगको संक्रमण देखिएको छ ।
अमेरिकामा कोभिड १९ को संक्रमण लगातार बढ्ने क्रममा छ । अमेरिकामा संसारमै सबैभन्दा बढी ३ लाख ३५ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ । अमेरिकाको न्युयोर्क सिटी कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा मात्र २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश फ्रान्स बनेको छ । जहाँ ८ हजार मानिसको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा यहाँ मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ, शनिबार भने यहाँ ४ सय ४१ जनाको मृत्यु भएको थियो । फ्रान्समा अहिलेसम्म ९० हजार भन्दा धेरैमा कोभिड १९ संक्रमण देखिएको छ ।
बेलायतमा बितेको २४ घण्टामा ६ सय २१ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । संक्रमितको संख्या ४८ हजार भन्दा बढी पुगेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन पनि अस्पताल भर्ना भए भएका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार